२०८० साउन ३ गते बुधवार
२०८० साउन ३ गते बुधवार

अपाङग मानव अधिकार एवं सरोकार मञ्च दाङको अध्यक्षमा घर्ती चयन

अपाङग मानव अधिकार एवं सरोकार मञ्च नेपाल दाङको अध्यक्षमा भविसरा घर्ती चयन भएकी छन् । अपाङग मानव अधिकार एवं सरोकार मञ्च नेपाल दाङको ११ औं अधिवेशनबाट मञ्चको अध्यक्षमा घर्ती चयन भएकी हुन् । जसको उपाध्यक्षमा सोम प्रसाद न्यौपाने, महासचिवमा कृष्णा कार्की, सचिवमा वीर वहादुर रेउले, कोषाध्यक्षमा सुधा रिजाल रहेका छन् ।
यस्तै सदस्यहरुमा नर वहादुर रोका, दल वहादलुर रायमाझी, लोक वहादुर बुढाथोकी, देवका भण्डारी रहेका छन् ।