२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कमेडी च्याम्पियन सिजन – २ को उपाधि भरतमणि पौडेलले जिते

कमेडी च्याम्पियन सिजन – २ को उपाधि भरतमणि पौडेलले जितेका छन् । उत्कृष्ट प्रस्तुति दिँदै टप – ३ मा पुगेका ताप्लेजुङका पौडेल उपाधि चुम्न सफल भएका हुन् । कमेडी च्याम्पियनको फिनाले शनिबार सम्पन्न भएको थियो । उक्त फिनालेमा दर्शकहरुबाट सबैभन्दा बढी भोट पाएका पौडेललाई आयोजकले विजेता घोषणा गरेको थियो ।

उपाधि जितेसँगै उनले डाट्सनको कार एकथान र नगद २५ लाख प्राप्त गरेका छन् । सामाजिक र राजनीतिक बिषयलाई ‘कन्टेन्ट’ बनाएर प्रस्तुति दिँदै आएका भरतमणि विजेता बन्नु अघि नै दर्शकमाझ लोकप्रिय बनेका थिए । बिशेषत उनलाई गाकुल बास्कोटा, योगेश भट्टराई र पूर्वयुवराज पारस शाहको क्यारिकेचरले दर्शकमाझ परीचित गराएको थियो

त्यस्तैगरी बिक्की अग्रवाल फस्ट रनरअप बन्न सफल भएका छन् उनले टीभीएरको आपाची मोटरसाईकल प्राप्त गरेका छन् । उनी भारत सिक्किमका नागरिक हुन् ।

त्यस्तैगरी गोरखाका सन्तोष थापा सेकेन्ड रनरअप भएका छन् । उनले स्कुटर प्राप्त गरेका छन् । शनिबार सम्पन्न ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेको थियो । विजेता तथा सेकेण्ड रनरअपको घोषणा मदनकृष्ण र हरीबंशले नै गरेका थिए ।