दाङको शान्तिनगरमा नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनबाट चयन भएकालाई स्वागत शुभकामना तथा कार्यकाल सकिएकालाई विदाई गरिएको छ । शान्तिनगरका विभिन्न वडामा शनिवार पिकनिकको कार्यक्रमको आयोजना गरी स्वागत शुभकामना तथा विदाई गरिएको छ । नेपाली कांग्रेस शान्तिनगर १ ५ र ६ वडा कमिटिले छुट्टा छुट्टै स्थानमा पिकनिकको आयोजना गरेका थिए । सो अवसरमा जिल्ला तहका नेताहरुको समेत सहभागिता रहेको थियो । शान्तिनगर १ को कार्यक्रममा ३२ जनाले विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।