२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दाङ जिल्ला फोटोग्राफर एशोसियसनको अध्यक्षमा न्यौपाने चयन

दाङ जिल्ला फोटोग्राफर एशोसियसन दाङको अध्यक्षमा बसन्त न्यौपाने सर्बसहमत चयन भएका छन । एशोसियसनको शनिवार भएको अधिवेशनले न्यौपानेको नेतृत्वमा १७ कार्यसमिति सर्बसहमत चयन गरेको हो ।

जस्मा उपाध्यक्षहरु मिनराज महरा, नारायण खनाल , नारायण बिक, महासचिवमा दुर्गाप्रसाद चौधरी, सचिबमा हिमाल महरा, कोषाध्यक्षमा लक्ष्मण न्यौपाने, सह–सचिवमा रमेश परियार रहेका छन् । त्यसैगरी सदस्यहरु रामु केस, किसान वली, भावना महरा, चन्द्रकला चौधरी, युबराज अधिकारी, मनिराम चौधरी, श्रीधर आचार्य, झग्गुप्रसाद चौधरी, कृष्ण जिएम चयन भएका छन् ।

दाङ जिल्ला फोटोग्राफर एशोसियसनको अध्यक्ष गणेश दंगलाको अध्यक्षता तथा नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष तथा लुम्बिनी प्रदेशका संयोजक बसन्त जोशीको प्रमुख अतिथिमा भएको अधिवेशन भएको थियो ।

साथै तुलसीपुर शाखाको अध्यक्षमा सुरेश भट्टराई र देउखुरी शाखाको अध्यक्षमा कृष्ण पन्थीलाई सर्वसहमत रुपमा चयन गरेको छ ।