२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

दाङमा संविधान दिवसको अवसरमा दिप प्रज्वलन

दाङमा ७ औ संविधान दिवसको अवसरमा विभिन्न स्थानमा दिप प्रज्वलन गरिएको छ । आजै दिन संविधान जारी भएको खुशीयालीमा दिप प्रज्वलन गरिएको हो । शान्तिनगर ५ को वडा कार्यालय अगाडि दिप प्रज्वलन गरिएको हो । वडा अध्यक्ष गिरीराज बस्नेतको अध्यक्षतामा एक कार्यक्रम विच दिप प्रज्वलन गरिएको हो । सो अवसरमा वडा सदस्यहरु, राजनितिकर्मी, बुद्धिजिवि, समाजसेवी, स्थानीयबासी लगायत उपस्थितिमा दिप प्रज्वलन गरि खुशी साटासाट गरिएको थियो ।
यस्तै दंगिशरण गाउँपालिका वडा नं. ५ मा पनि दिप प्रज्वलन गरिएको छ । ५ नं. वडा कार्यालयको आयोजनामा बालापुरमा मा दिप प्रज्वलन गरिएको हो । वडा अध्यक्ष दिपक गौतमको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभा सदस्य दामा शर्माको प्रमुख अतिथ्यता तथा नेपाली कांग्रेस दाङका महाधिवेशन प्रतिनिधि केशवराज आचार्यको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो । सो अवसरमा नेकपा माओवादी दंगिशरण इञ्चार्ज मणिराम चौधरी (जेहेन्दार) लगायलतले बोल्नु भएको थियो । वडा सदस्य खिम वहादुर थापाको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव प्रेम प्रकाश चौधरीले गरेका थिए