२०८० साउन ३ गते बुधवार
२०८० साउन ३ गते बुधवार

राेल्पामा भिरबाट लडेर एकै दिन तिन जनाकाे मृत्युु

फाइल तस्वीर ।

राेल्पामा भिरबाट लडेर एकै दिन तिनजनाकाे मृत्युु भएको छ। मृत्यु हुनेमा आमा छाेरी सहित एक पुरुष रहेका छन। रोल्पा नगरपालिका ९ बस्ने २५ वर्षिय सङिता पुन र उनकी २ वर्षिया छाेरी कृतिका पुन साेहि ठाउँको हाङ्वाङ भिरबाट लडी मृत अबस्थामा मङगलबार करिब बेलुका ५:३० बजे फेला परेकि छन। शव देखेपछि स्थानीयले खवर गरे लगत्तै प्रहरी चौकी माडिचौरबाट र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेकाे थियाेे।
त्यसैगरी रोल्पा नगरपालिका ३ खुमेलका ४२ वर्षिय तिर्थलाल थापा विवाह घरबाट फर्कने क्रममा खरवारीमा लडेको अवस्थामा भेटिएका छन। रातभर त्यही रहेको बिहान मात्रै स्थानीयले देखेपछि अस्पतालमा ल्याएपछि उपचारकै क्रममा मृत्यु भएको हाे। उनले अत्यधिक मदिरा सेवन गरेको भन्ने बुझिएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए ।