नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत बंगलाचुली गाँपालिको सभापतिमा जागेश्वर अधिकारी सर्वसहमत चयन भएका छन् ।
जसको उपाध्यक्षमा द्रोर्णबहादुर खत्री र इन्द्रबहादुर वली, सचिबमा चेतबहादुर डाँगी र बलदेव मल्ल, सह–सचिवमा खुमबहादुर बुढाथोकी र केयरसिंह गाहासहित ३४ सदस्यीय गाउँसमिति सर्वसहमतिमै चयन भएका हो ।
यसैबिच नवनिर्वाचित सभापति जागेश्वर अधिकारीले बंगलाचुलीमा कुनै पनि गुटको राजनीतिक नहुने बताएका छन । अधिकारीले विभिन्न ठाउँमा कांग्रेसभित्र गुटउपगुट हुन गरेको भन्दै उनले बंगलाचुलीमा गुटगत राजनीतिको अन्त्य हुने बताएका हुन । उनले गुटगत राजनीति त्यागेर सवैलाई एकतावद्ध पाटी बनाउन लाग्न समेत आग्रह गरेका छन ।