नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत आज दाङका पालिकामा चुनाव हुर्दै छ । केहि गाउँपालिकामा सर्वसहमतिमा पदाधिकारी चयन गरिएको छ भनेअन्य पालिकामा चुनाव हुर्दै छ । पालिका सभापतिमा लगायत विभिन्न पदमा चुनाव हुदै छ ।
यसैविच नेपाली कांग्रेस शान्तिनगर गाउँपालिकामा सभापतिमा झलक के.सी लगायत अन्य पदमा सर्वसहमति चयन भएपनि सचिव पदमा भने चुनाव हुने भएको छ । सचिव पदमा ३ जना आकांक्षी भएपछि चुनाव हुन लागेको हो । सचिव पदमा दिल प्रसाल लामिछाने (दिपक), रोशन रावत र पदम सिङ खत्रीको उम्मेदवारी रहेको छ । सहमतिको प्रयास गरेतापनि तीनै जनाले सचिव पदमा आकांक्षी भएपछि चुनावको तयारी गरिएको नवनिर्वाचिन उपसभापति लाल वहादुर बुढाथोकीले जानकारी दिनुभयो ।