नेपाली कांग्रेस दंगिशरणको सभापतिमा शम्भु गिरी निर्वाचित भएका छन् । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत आज शनिबार भएको निर्वाचनबाट उनका निकटतम प्रतिस्पर्धी हर्कबहादुर बुढाथोकीलाई पराजित गर्दै गिरी निर्वाचित भएका हुन् ।
गिरीले ७६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी हर्कबहादुर बुढाथोकीले ४३ मत प्राप्त गरेका थिए । त्यस्तै उपसभपति पदमा गिरी प्यानलकै गिरिराज न्यौंपानेले ८० मत र दूर्गाबहादुर बोहरा ७१ मत प्राप्त गरि बिजयी भएका छन् ।
त्यस्तै सचिब पदमा गिरी प्यानलकै ओपेन्द्रराज शर्मा ७० मत र बामदेब बिष्ट ६४ मत प्राप्त गरि बिजयी भएका छन् । त्यस्तै सहसचिब पदमा गिरी प्यानलकै टोपबहादुर खड्का ७१ र डम्मर वली (बिक्रम) ६६ मत प्राप्त गरि निर्वाचित भएका छन् । दंगीशरणमा कुल १२२ मतदाता रहेकोमा १२१ मत खसेको थियो । दंगीशरणको सभापतिमा निर्वाचित गिरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीका नजिकका हुन ।