२०८० साउन २ गते मङ्गलवार
२०८० साउन २ गते मङ्गलवार

बबईमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ गठन

पश्चिमदाङको बबईमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ गठन गरिएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ बबईको अध्यक्षमा शिव प्रसाद भण्डारी चयन भएका छन् । आज हापुरेमा भएको एक भेलाले भण्डारीलाई चयन गरेको हो । जसको उद्योग उपाध्यक्षमा नारायण परियार, बाणिज्य उपाध्यक्षमा प्रेमलाल वली, महासचिवमा टोप वहादुर चौधरी कोषाध्यक्षमा मञ्जु खत्री, सचिवमा डम्बर वली र अन्य सदस्य रहेका छन ।