२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

खुला फुटबल प्रतियोगिता सुरु, टिएफसी को बिजयी सुरुवात

दाङ तुलसिपुरको टरिगाउमा आज सनिवार देखि जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको खुला फुटबल प्रतियोगिता २०७८ सुरु भएको छ ।
टरिगाउ युवा क्लब तुलसिपुर १२ को आयोजनामा संचालित प्रतियोगिताको तुलसिपुर उपमहानगरपालिका का मेयर घनश्याम पाण्डे ले उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोह लाई सम्बोधन गर्दै कार्यक्रम का प्रमुख अतिथि मेयर पाण्डे ले खेलकुद क्षेत्र लाई देशको समृद्धि संग जोडेर लैजानु पर्ने बताउनु भएको छ । खेलकुद रास्ट्रको सान र गौरव हो यसलाई खेल पर्यटन को गन्तव्य को रुपमा बिकास गर्न सके देश समृद्धिको दिशा तर्फ उन्मुख हुने उहाँ को भनाई थियो १ साथै उहाँले यसका लागि सबै को चासो र चिन्तन त्यत्तिकै आवश्यक रहनु पर्ने समेत बताउनु भयो १ टरिगाउ युवा क्लबका अध्यक्ष कबिन रजौरेको अध्यक्षता भएको कार्यक्रममा बिशिस्ट अतिथी द्वय दाङ जिल्ला फुटबल संघ अध्यक्ष सुशील श्रेष्ठ र तुलसिपुर उपमहानगरपालिका वडा न १२ का अध्यक्ष सुर्य बहादुर डागी श्याम लगाएत ले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

क्लबका सचिब शिव बुढाथोकी को स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेत ले गर्नु भएको थियो ।
यसैबीच प्रतियोगिता अन्तरगत सनिवार भएको उद्घाटन खेल आयोजक टरिगाउ युवा क्लब ले बिजयी सुरुवात गरेको छ १ उल्लेख्य दर्शक ले खचाखच भरिएको खेलमैदान मा भएको रोमाञ्चक अनि शानदार खेलमा रोयल बिजौरि लाई शून्य का विरुद्ध दुई गोल अन्तर ले पराजित गर्दै टरिगाउ युवा क्लब ले बिजयी सुरुवात गरेको हो । टरिगाउका तर्फ बाट जर्सी न ७ का खेलाडी अर्जुन नेपाली ले खेलको ३० औ मिनेटमा गोल गर्दै टिम लाई एक सुन्यको अग्रता दिलाए भने ८६ औ मिनेटमा थप गोल गर्दै दुई सुन्यको जित दिलाउन सफल भए ।प्रतियोगिता अन्तरगत आईतवार बिहान सात बजे ज्ञान ज्योती तुलसिपुर र बबई युथ क्लब कचिला भिड्नेछन् ।
स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १३ टिम को सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष कबिन रजौरेले जानकारी दिनु भएको छ ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको जिल्लाको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै तुलसिपुर १२ मा रहेको टरिगाउ खेल मैदानमा जारि प्रतियोगिता को बिजेता टिमले नगद १ लाख १५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिम ले क्रमशः नगद ५० हजार र २० हजार मेडल तथा प्रमाणपत्र हात पार्नेछ्न । त्यस्तै ब्यक्तिगत बिधा तर्फ प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी,उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्ता लाई जनही ७ हजार ५ सय नगद पुरस्कार ले पुस्कृत गरिने छ .