दाङको देउखुरीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा एक जना घाइते भएका छन । सोमवार बिहान साढे दश बजे लमही घोराही सडक खण्ड अन्तर्गत मुसोटको उकालोमा टिप्परले मोटरसाइकल ठोक्किँदा लमही नगरपालिका वडा नम्बर ८ सतबरिया निवासी वर्ष २५ का अमित चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
घोराहीदेखि लमही तर्फ आउँदै गरेको रा २ प ६०५९ नम्बरको मोटरसाइकललाई सोही दिशा बाट आइरहेको ना अ अ जे १०४० नम्बरको टिप्परले ठक्कर दिएको थियो। चौधरीको खुट्टा भांचिएको छ, उनलाई लमहीमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर लगिएको छ । ठक्कर दिने टिप्पर र चालकलाई गोग्ली प्रहरी चौकीले नियन्त्रणमा लिएको प्रहरी जानकारी दिएको छ ।