२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

उत्तर कोरियाद्धारा जापानको समुद्रमा मिसाइल प्रक्षेपण

 

उत्तर कोरियाले जापानको समुद्रमा फेरि मिसाइल प्रक्षेपण गरेको छ। उत्तर कोरियाले प्रहार गरेको मिसाइल आज बिहान खसेको दक्षिण कोरियाले जनाएको हो।
केही समय पहिले उत्तर कोरियाले क्रुज मिसाइल र ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको थियो । दक्षिण कोरियासँग वार्ताका लागि तयार रहेको बताएको केही दिनमै उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको हो ।

जापानको रक्षा मन्त्रालयका अनुसार बिहान उत्तर कोरियाले प्रहार गरेको प्रोजेक्टाइल ब्यालेस्टिक मिसाइल हुन सक्ने स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।