२०८० साउन ८ गते सोमवार
२०८० साउन ८ गते सोमवार

बबईमा पानीजन्य आपतकालिन खोज तथा उद्दार तालिम

बबईमा पानी जन्य आपतकालिन खोज तथा उद्धार तालिम सम्पन्न भएको छ। नदिको तटियक्षेत्र धेरै भएको बबई गाउपालिकाका वडा नं ७ मा ३ दिन सम्म पानीजन्य आपतकालिनसमयमा कसरि उद्धार गर्ने, समुदायमा भएका स्रोत साधनबाट पनि अफ्ठेरो समयमा खोज तथा उद्धारा गर्न सकिन्छ भन्ने कुराको कार्यक्रममा प्रशिक्षण तथा बबई नदिमा पुगेर व्यबहारिकतामै प्रशिक्षार्थिहरुलाई प्रशिक्षण गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङको आयोजनामा भएको तालिमको प्रशिक्षकमा केशव बुढा , बसन्त गीरी नेपाल रेडक्रस सोसाईटिका विश्वप्रकाश अर्याल रहनु भएको थियो ।
बबई गाउपालिका वडा नं ७ का वडा अध्यक्ष महाविर चौधरीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति नारायण आचार्यको प्रमुख आथित्यता तथा जिल्ला उपकोषाअध्यक्ष ज्ञानप्रसाद आईतबारेको विशिष्ट आथितयतामा समापन कार्यक्रम समपन्न भएको हो ।
समापन कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाईटिका विश्वप्रकाश अर्यालले गर्नु भएको थियो ।