रोल्पाको रुन्टीगढी गाउँपालिककको सुर्पाल तथा गोरिनेटा वजारमा वजार अनुगमन गरिएको छ ।
हिन्दु धर्मालम्वीहरुको महान चाडपर्वहरु दशै तिहार जस्ता पर्वहरु नजिकीदै गरेको अवस्थालाई मध्यनजर गर्दै अनुगमन कार्यलाई तिव्रता दिएको अनुगमन समिती का संयोजक एवं रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुन ले वताउनु भएको छ ।
बजार अनुगमनमा अनुगमन समितीका संयोजक एवं रुन्टीढी गाउँपालिकाका उपाध्यक्ष छमाया पुन, सिर्पाल प्रहरी चौकी का प्रतिनिधि धन प्रसाद चौधरी ,रुन्टीगढी गाउँपालिकाका रुपेश अधिकारी ,श्यामणि विक,दिपक पराजुली,लाल बहादुर के.सी. ,दिपेन्द्र घर्ती, संचारकर्मी ,नगर प्रहरी लगायत को टोली ले वजार अनुगमन गरेको हो ।
अनुगमन को क्रममा पसल दर्ता तथा नविकरण, मुल्यसुची को प्रयोग सम्वन्धीको अनुगमन लगायत म्याद गुज्रएिको सामान हरु जफत गरी नष्ट गरिएको वताइएको छ ।