२०८० साउन ३ गते बुधवार
२०८० साउन ३ गते बुधवार

राउटेको गणना अन्तिम समयमा गर्ने

फाइल तस्वीर ।

स्थानीय जनगणना कार्यालयले राउटेको गणना अन्तिम समयमा गर्ने तयारी थालेको छ । जङ्गलमा फिरन्ते जीवन बिताउने यस समुदायको गणना छुट्न वा दोहोरिन नदिन अभियानको अन्तिम समयमा गर्ने तयारी भएको हो ।
राउटेहरु हाल सल्यानको पश्चिमी क्षेत्र वनगाड कुपिण्डे नगरपालिका वडा नं १ को घाटगाउँमा बस्दै आएका छन । सुर्खेत प्रदेश जनगणना कार्यालयले राउटेहरु छिटो–छिटो बसाइँ सर्ने हुँदा छुट्ने वा दोहोरिन सक्ने भएकाले जनगणनाको अन्तिम समयमा गर्ने गरी स्थानीय जनगणना कार्यालयहरूसँग समन्वय भइरहेको जनाएको छ । अति लोपोन्मुख यो समुदायमा हाल १४० जना छन् । जनगणनाका लागि सुर्खेतस्थित प्रदेश जनगणना कार्यालयले दैलेखको गुराँस गाउँपालिका र सल्यान जिल्ला जनगणना कार्यालयसँग समन्वय गरिरहेको छ ।