२०८१ असार ७ गते बिहिवार
२०८१ असार ७ गते बिहिवार

हापुरेमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

पश्चिम दाङको हापुरेमा वडादशैँको अबसरमा प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । मिडिया संरक्षण मञ्च नेपाल बबई  ४ को आयोजनामा गर्न लागिएको संस्थाका अध्यक्ष दल बहादुर परियारले बताउनु भएको छ । असोज २१ गते घटस्थापनाका दिन उद्घाटन हुने प्रतियोगिता असोज २३ गते सम्म चल्ने आयोजकले बताएको छ ।
आयोजकका अनुसार खुल्ला प्रतियोगिता भएकाले सबैतिरबाट खेलाडीहरु आउन सक्ने बताईएको छ । प्रतियोगतामा प्रथम हुनेले नगत २० हजार सहित खसी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक अर्जुन परियारले बताउनु भएको छ ।
त्यस्तै प्रतियोगितामा द्धितिय हुनेले नगद १५ हजार मेडल र प्रमाणपत्र पाउने उहाँले बताउनु भयो ।
खेलकुद कार्यक्रम असोज २१ गते हापुरेमा उद्घाटन हुने बताएको आयोजकले असाज २० गते दिउसो ४ वजे सम्म टिम दर्ता गर्ने, सोही दिन ५ वजे टाईसिट गर्ने र २१ गते बिहान देखी प्रतियोगिताका खेल सञ्चालन गर्ने खेल तालिका बनाएको छ । ३ दिन सम्म चल्ने भलिवल प्रतियोगितामा प्रायोजन गर्न चाहानेले समपर्क गर्न पनि अनुरोध गरिएको छ ।।