२०८१ असार ७ गते बिहिवार
२०८१ असार ७ गते बिहिवार

बबई गाउँपालिकाको प्राङगणमा डाँगीद्धारा भोक हड्ताल


दाङका एक युवाले बबई गाउँपालिकाको प्राङगण भोक हड्ताल कार्यक्रम सुरु गरेका छन् । बबई गाउँपालिको समग्र समग्र विकासको माग गर्दै बबई ७ ढोलपुर निवासी स्वतन्त्र युवा विचारक भक्त डाँगीले बबई गाउँपालिकाको प्राङगणमा आज विहान १० बजे देखि ३ दिने भोक हड्ताल सुरु गरेका हुन् ।

बबई गाउँपालिकामा बसोबास गर्ने जनताको आधारभूत समस्या लिएर आज असोज १८ गते देखि २० गते ३ दिन सम्म भोक हड्ताल कार्यक्रम सुरु गरेको छहरा अनलाइनसंग  डाँगीले बताए । स्थानीय सरकार आएको ५ बर्ष पुग्नै लाग्दा समेत बबई गाउँपालिकाका विकट क्षेत्रमा आधारभूत विकास नभएको र अन्य स्थानमा पनि विकास हुन नसकेको भन्दै बबई गाउँपालिकामा जनताका आधारभूत समस्या समाधानमा स्थानीय सरकारले चासो नदिएको र प्रतिपक्ष दल पनि खवरदारी नगरेको कारण आफू ध्यानाकर्षण भोक हड्ताल कार्यक्रम गर्न वाध्य भएको डाँगीले  बताए ।

बबई १ र ७ मा पर्ने मध्यवर्ती क्षेत्र निुकञ्जको बस्ती व्यवस्थापन (पुर्नबास), स्वास्थ्य चौकी लगायत अलपत्र हस्पिटलहरुमा सेवा सुविधा, वडा नं. १, ५, ७ लगायतका क्षेत्रमा विधुतको समस्या समाधान, वडा नंं. १, ५, ७ लगायत अन्य सञ्चार विहिन क्षेत्रमा सञ्चारको तत्काल समस्या समाधान लगायत १० बुदे माग सहित डाँगी ध्यानाकर्षण भोक हड्तालमा बसेका छन् । भोक हड्तालमा साथ दिन डाँगीले सबैसंग आग्रह गरेका छन् । आज देखि सुरु भएका भोक हड्ताल कार्यक्रममा नेपाली कांग्रेस बबई ४ का सभापति तथा युवा नेता झुपु क्षेत्री लगायत अन्य युवाहरुले साथ दिएका थिए ।

डाँगी पश्चिमदाङमा सामाजिक अभियान्ताको रुपमा चिनिने गर्दछन् । पटक पटक एमसिसि खारेजीको माग गर्दै साइकल यात्रा तथा ध्यानाकर्षण गराउदै आएका छन् । यसैगरी विकास पुर्वाधार, सामाजिक समस्या चर्को रुपमा आवाज उठाउदै आएका छन् ।

यी हुन १० बुदे मागहरु
१. दाङको बबई १ र ७ मा पर्ने मध्यवर्ती क्षेत्र निुकञ्जको बस्ती व्यवस्थापन (पुर्नबास) गर ।
२.स्वास्थ्य चौकी लगायत अलपत्र हस्पिटलहरुमा सेवा सुविधा सम्पन्न गर ।
३. वडा नं. १, ५, ७ लगायतका क्षेत्रमा विधुतको समस्या समाधान गर ।
४. बबई गाउँपालिकाको वडा नं. १, ५, ७ लगायत अन्य सञ्चार विहिन क्षेत्रमा सञ्चारको तत्काल समस्या समाधान गर ।
५. बबई वडा नं.१, ७, ५ लगायत विकट क्षेत्रमा बाटोघाटोको समस्या समाधान गर ।
६. बबई गाउँपालिका भित्रका सबै टोलमा सहज खानेपानीको सुविधा गर ।
७. पालिका स्तरिय खेलकुद समिति गठन गरी युवा तथा खेलकुद विकासको व्यवस्था गर ।
८. छुटेका सबै खरवाला घरमा टिन वितरण गर ।
९. बाढि पिडितलाई राहतको रकम छिटो हस्तान्तरण गर ।
१०. विधुत नपुगेका विकट बस्तीका सबै घरमा सोलार जडान गर ।