२०८१ असार ७ गते बिहिवार
२०८१ असार ७ गते बिहिवार

सुण्डवरी खानेपानी आयोजना सञ्चालनमा, स्थानीय हर्षित

दाङको शान्तिनगर ६ स्थित सुण्डवरी खानेपानी आयोजना सञ्चालनमा आएको छ । आज एक कार्यक्रमका विच वडा नं. ६ का अध्यक्ष रवि बुढाथोकीले उदघाटन गरेका हुन् । २०७२ साल देखि सुरु भएको सुण्डवरी खानेपानी आयोजना ६ बर्षमा सञ्चालनमा आएको हो ।

संघिय, प्रदेश तथा स्थानीय जनश्रमदान सहित ३ करोड ५२ लाखको लगानीमा सम्पन्न खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय हर्षित भएका छन् । खानेपानी सञ्चालनमा आएपछि शान्तिनगर गाउँपालिका वडा नं. ६ का सुन्डवरी, कोर्बाङ, देविपुर ,डाँडा तिलवारी, वडा नं. ५ काँसिपुरको स्थानीय लाभान्वित भएको सुण्डवरी खानेपानी आयोजनाका अध्यक्ष ईश्वरी वहादुर के.सी.ले जानकारी दिनुभयो । खानेपानी आयोजनाबाट करिब ५ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष के.सी. बताउनुभयो । खानेपानीको समस्या भोग्दै स्थानीयले अव भने खानेपानी सहजरुप पाउने भएका छन् ।