२०८१ असार ७ गते बिहिवार
२०८१ असार ७ गते बिहिवार

माछा मार्ने क्रममा करेन्ट लागेर २३ बर्षीय युवकको मृत्यु

दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर २३ बर्षीय
एक युवकको मृत्यु भएको छ । बबई खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आँफैलाई करेन्ट लाग्दा घोराही उपमहानगरपालिका वडा नम्बर ३ का २३ बर्षीय नारायण बस्नेतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका का अनुसार आज बिहान १० बजे बस्नेतलाई बबई खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेको थियो । अचेत अवस्थाका बस्नेतलाई उद्धार गरि घोराहीस्थित अस्पतालमा पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।