२०८१ असार ७ गते बिहिवार
२०८१ असार ७ गते बिहिवार

उपाध्यक्षको हातबाट जुस खाएर बबईमा ध्यानाकर्षण भोक हड्ताल तोडे डाँगीले

पश्चिमदाङको बबई गाउँपालिकामा समग्र विकासको १० बुँदे माग गर्दै ३ दिने भोक हड्तालमा बसेका सामाजिक अभियान्ता भक्त डाँगीले आज भोक हड्ताल तोडेका छन् । बबई गाउँपालिका उपाध्यक्ष सावित्रा विश्वकर्माको हातबाट डाँगीले जुस खुवाएर ३ दिने भोक हड्ताल तोडेका हुन् ।

डाँगीलाई जुस खुवाउँदै उपाध्यक्ष विश्वकर्माले १० बुँदे मागको सम्बोधन गरिने बताउनुभयो । स्थानीय सरकारमा आफूहरु निर्वाचित भएसंगै गाउँपालिकाको विकासमा ध्यान दिदै आएको तर विभिन्न समस्याका कारण जनताले सोचे झै विकासको अनुभुती गर्न नपाएको बताउनुभयो । निकुञ्ज मध्यबर्तीको समस्या, विधुत समस्या, सञ्चार समस्या लगायत विभिन्न जनताका आधारभूत समस्या समाधान गाउँपालिकाले पहल गर्दै आएको बताउनुभयो । ‘गाउँपालिकाबाट सम्भव हुने काम गर्दै आएका छौ, विकासको काम नभएको त हैन्’, उपाध्यक्ष विश्वकर्माले भन्नु भयो, ‘गाउँपालिकाबाट सम्भव नहुने काम पहल गर्दै आएका छौ’ ।

बबई गाउँपालिको  समग्र विकासको माग गर्दै बबई ७ ढोलपुर निवासी सामाजिक अभियान्ता डाँगीले बबई गाउँपालिकाको प्राङगणमा गत असोज १८ गते १० बजे देखि आज सम्म ध्यानाकर्षण भोक हड्ताल गरेका थिए । भोक हड्तालको समापन गर्दै सामाजिक अभियान्ता डाँगीले स्थानीय सरकार आएको ५ बर्ष पुग्नै लाग्दा समेत बबई गाउँपालिकाका विकट क्षेत्रमा आधारभूत विकास नभएको र अन्य स्थानमा पनि विकास हुन नसकेको कारण ध्यानाकर्षण भोक हड्तालमा बस्नु परेको बताउनुभयो । ‘बबई गाउँपालिकामा स्थानीय सरकारले जनताका आधारभूत समस्या समाधान गर्न सकेको छैन्’, डाँगीले भन्नु भयो ‘बबई गाउँपालिका हापुरे मात्र होइन’, बबईका विकट वडा नं. १, ५ र ७ का विभिन्न गाउँका स्थानीयबासीले अझै आधारभूत सेवा पाउन सकेका छैनन् ।’ यो ३ दिने ध्यानाकर्षण भोक हड्ताललाई वेवास्ता गरेमा अझ थप कार्यक्रम गरी गरिने समेत डाँगीले बताउनुभयो ।

सो अवसरमा नेपाली कांग्र्रेस बबईका सभापति प्रकाश बस्नतेले समग्र बबई गाउँपालिकाको विकासका लागि ध्यानाकर्षण भोक हड्ताल कार्यक्रम प्रति नेपाली कांग्रेसको नैतिक समर्थन रहेको बताउनुभयो । राम्रो कामको समर्थन गलतको काम सचेत व्यक्तिले खवदारी गर्नुपर्ने सभापती बस्नेतले बताउनुभयो ।
साथै विकट क्षेत्रका बबई वडा नं. १ बल वहादुर बोटे र वडा नं. ७ का नोखिराम बस्नेतले आफ्नो गाउँमा आधारभूत विकास हुन नसकेको बताउनुभयो । विधुत, सञ्चार, स्वास्थ्य, मोटरबाटोको समस्या भोग्दै आएका आफूहरुले बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएसंर्गै झन जंगली जनावरको डरको त्रासमा बाच्नु परेको बताउनुभयो ।

बबई १ र ७ मा पर्ने मध्यवर्ती क्षेत्र निुकञ्जको बस्ती व्यवस्थापन (पुर्नबास), स्वास्थ्य चौकी लगायत अलपत्र हस्पिटलहरुमा सेवा सुविधा, वडा नंं १, ५, ७ लगायतका क्षेत्रमा विधुतको समस्या समाधान, वडा नं. १, ५, ७ लगायत अन्य सञ्चार विहिन क्षेत्रमा सञ्चारको तत्काल समस्या समाधान लगायतका १० बुदे माग सहित डाँगी ध्यानाकर्षण भोक हड्ताल गरेका थिए । भोक हड्तालमा साथ दिन विकट बस्तीका बासिन्दा सहभागी भएका थिए ।