२०८१ असार ७ गते बिहिवार
२०८१ असार ७ गते बिहिवार

लक्ष्मीनारायण आवि कक्षा ८ का विद्यार्थीलाई विदाई

लक्ष्मी नारायण आधारभूत विद्यालय सलौरा दाङका शैक्षिक सत्र २०७७ मा पहिलो व्याजमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरुलाई एक कार्यक्रमका विच विदाई गरिएको छ ।वि।व्य।स अध्यक्ष भुम प्रसाद देवकोटा को अध्यक्षता तथा निवर्तमान अध्यक्ष तुल बहादुर योगीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । शिक्षीका जानकी घर्ती मगरको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा विज्ञान विषयको शिक्षिका नियुक्त स्मृति चौधरी लाई स्वागत पनि गरिएको छ । उक्त कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद आचार्य ले गरेका थिए । उक्त कार्यक्रममा विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए ।