दाङको बेलझुण्डिमा रहेको कोरोना विशेष अपस्ताललाई तुलसीपुरमा स्थान्तरण गरिएको छ । लुम्बिनी प्रदेश सरकारले नेपालमा कोरोनाको महामारीको सुरुवातमा बेलझुण्डिमा कोरोना विशेष अस्पताल संचालन गरिएको थियो ।
भौतिक संरचना अभावका कारण बेलझुण्डिमा संचालन गरिएको कोरोना विशेष अस्पताल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भौतिक संरचना निर्माण भएपछि कोरोना विशेष अस्पताललाई तुलसीपुरमा स्थानान्तरण गरिएको व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।
आज एक कार्यक्रम विच राप्ती प्रादेशिक अस्पताल तुलसीपुर कोरोना ईकाई उदघाटन तथा स्थानान्तरणको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उदघाटन गरेका हुन् । अस्पतालमा २० वेडको आईसीयू, १५ वेडको पिआईसीयू, १५ वेडको एनआईसीयू र १० वेडको एचडियू गरी ६० वेडलाई स्थानान्तरण गरिएको छ ।