२०८१ असार ७ गते बिहिवार
२०८१ असार ७ गते बिहिवार

देउवा सरकारले ८८ दिनपछि मन्त्रिपरिषद्को पायो पूर्णता (सूची सहित)

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
आज शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गएको असार २९ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गर्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रवार मन्त्रिपरिषद् विस्तार गरेर शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाउनुभएको छ । देउवाले आफ्नो पार्टी कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबाट मन्त्री नियुक्त गरेर कार्यविभाजन पनि गर्नुभएको छ ।