२०८१ असार ७ गते बिहिवार
२०८१ असार ७ गते बिहिवार

कारले ठक्कर दिदाँ एक बालिकाको मृत्यु

d

बाँकेमा कारले ठक्कर दिदाँ एक बालिकाको मृत्यु भएको छ । पश्चिमबाट पुर्वतर्फ जादै गरेको लु ३ च ८८७ नम्बरको कारले ठक्कर दिदाँ बाँके, राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम (चप्परगौडी) निवासी ११ वर्षीया बालिका मेनुका बि.क.को मृत्यु भएको हो ।
कारले शनिबार मध्यान्ह साढे १२ बजेतिर बाटोको छेउमा उभिएकी बालिकालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएकी बालिकालाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि लगिएकोमा दिउँसो २:३० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बालिकाको मृत्यु भएपछि स्थानीय बासिन्दाले केहीबेर पुर्व-पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । स्थानीयले दिउँसो ३ बजेबाट अवरुद्ध पारेको राजमार्ग अपरान्ह ४ बजेर १० मिनेटमा खुलेको जिप्रकाले जनाएको छ । चालकलाई कडा कारबाही गर्नुपर्ने माग राख्दै स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध पारेका थिए ।