२०८१ असार ७ गते बिहिवार
२०८१ असार ७ गते बिहिवार

चाडपर्वमा सहजरुपमा यात्राको प्रवन्ध मिलाउनुस् : अध्यक्ष बुढाथोकी

चाडपर्वमा ओहोरदोहोर गर्ने यात्रुलाई सहजरुपमा यात्राको प्रवन्धमा मिलाउन तुलसीपुर यातायात प्रालिले आग्रहले गरेको छ ।
चाडपर्वमा यातायातका साधानमा क्षमता भन्दा बढी यात्रु नराखी सहज यात्रा गाराउन तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवन बुढाथोकीले आग्रह गरेका छन् ।

चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सवै यातायात व्यवसायीहरु तथा मजदुर कर्मचारीहरुलाई अध्यक्ष बुढाथोकीको आग्रह रहेको छ । उनले सिट क्षमता भन्दा बढी यात्रुहरु नराख्न तथा यात्रुहरुलाई समयमै गन्तव्यमा पु¥याउनुका साथै यात्रु मैत्री व्यवहार गर्न समेत आग्रह गरेका छन् ।

यात्रुलाई सहजरुपमा यात्रा र लामोदुरीमा सञ्चालन हुने यातायातका साधनहरुले यात्रुलाई समयमै खान खुवाउन र छोटा दुरीका यातायातका साधनहरुले ट्राफिक नियमको पालना गरि सभ्य र यात्रुमैत्री व्यवहार गर्न उनले आग्रह गरेका छन् ।

त्यस्तै कोहि केहि यात्रुहरुलाई समस्या परे यात्रु सहायता कक्ष वा प्रालिमा सम्पर्क राख्न आग्रह गरिएको छ । अध्यक्ष बुढाथोकीले कुनै यातायातका सधानले नियम उल्घन गरे कारवाहि हुने समेत चेतावनी दिएका छन् ।