२०८१ असार ७ गते बिहिवार
२०८१ असार ७ गते बिहिवार

प्रजातन्त्र कसैले पनि खोस्न सक्दैन् : प्रधानमन्त्री देउवा

फाइल तस्वीर

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र कसैले पनि खोस्न नसक्ने बताएका छन् । आइतबार पोखरामा आयोजित कार्यक्रममा गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्दै उनले प्रजातन्त्रविरुद्ध गतिविधि नगर्न सचेत गराए ।  ‘सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । कसैले सपना नदेखे हुन्छ, प्रजातन्त्रको खिलापमा’ देउवाले भने, ‘प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो अरु केही हुन सक्दैन ।’

प्रधानमन्त्री देउवाले सबैले जनताको नाममा राजनीति गरे पनि जनताले चुनावमा नतिजा देखाउने बताए । उनले भने, ‘जनताको नाम सबैले लिन्छन् । जनताले भोटमा देखाइहाल्छन् नि ।’
गण्डकी प्रदेश साक्षर घोषणा गरे पनि धेरै कुरा गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्री देउवाले पूर्ण रुपमा संघीयता कार्यान्वयन बाँकी नै रहेको बताए । उनले शिक्षा मौलिक हक भएकाले सबैले पाउनुपर्ने बताए ।

नेपालमा करोरोना नियन्त्रणका लागि सरकारले गरेको प्रयासलाई अन्तर्राष्ट्रिय जगत र विश्व स्वास्थ्य संगठनले पनि सह्राहना गरेको प्रधानमन्त्री देउवाले दावी गरे । खोपमार्फत कोरोना महामारी नियन्त्रण गरेकै कारणले बेलायतले पनि नेपाललाई रेड जोनबाट हटाएको देउवाले दावी गरे ।