२०७८ असोज २७ गते बुधवार
२०७८ असोज २७ गते बुधवार

तुलसीपुर नगर स्तरीय कराते प्रतियोगिता सुरू


दाङको तुलसीपुरमा तुलसीपुर नगर स्तरिय कराते प्रतियोगिता २०७८ आइतबार देखि सुरु भएको छ ।
सितोरियो कराते अरनिको डोजो तुलसीपुर ५ को आयोजनामा कराते हल तुलसीपुर ९ बेलुवामा संचालित प्रतियोगिताको तुलसिपुर उपमहानगरपालिका का मेयर घनश्याम पाण्डेले उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोह लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेयर पाण्डेले खेलकुद क्षेत्र लाई देशको समृद्धि संग जोडेर लैजानु पर्ने बताउनु भयाे ।
खेलकुद राष्ट्रकाे सान र गौरव हो यसलाई खेल पर्यटनको गन्तव्य को रुपमा बिकास गर्न सके देश समृद्धिको दिशा तर्फ उन्मुख हुने उहाँ को भनाई थियो । साथै उहाँले यसका लागि सबै को चासो र चिन्तन त्यत्तिकै आवश्यक रहनु पर्ने समेत बताउनु भयो ।                                                                                                                              सितोरियो कराते अरनिको डोजो तुलसिपुर ५ का प्रमुख प्रशिक्षक पदम बहादुर बस्नेतको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा न ९ का अध्यक्ष घनश्याम ढकाल, दाङ जिल्ला खेलकुद बिकास समितिका निवर्तमान अध्यक्ष डिल्ली बहादुर डागिको बिशिस्ट आतिथ्यमा भएको थियो । सो अबसरमा कराते खेलको बिकास र बिस्तारमा अतुलनिय योगदान पुर्‍याए वाफत नेपाल सितोरियो करातेका लुम्बिनी प्रदेश प्रमुख बल राज नेपाली लाई सम्मान गरिएको थियो । कार्यक्रममा बिशिस्ट अतिथी द्वय घनश्याम ढकाल,डिल्ली बहादुर डागी लगाएतले शुभकामना मन्तब्य गर्नु भएको थियो ।
कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेत ले गर्नु भएको थियो । यसैबिच आईतवार सम्पन्न कुमुते महिला तर्फको ४० केजि तौल समुहमा अरनिको डोजो तुलसिपुरकी बिनिता बुढामगरले स्वर्ण पदक जितिन् । त्यस्तै भट्टे डोजोकी सम्झना बिकले रजत पदक हात पार्दा रगैचा डोजोकी बालिका खड्का र हापुरे डोजोकी करिस्मा केसि ले कास्य पदक जिते । त्यस्तै ४५ केसि तौल समुहमा अरनिको डोजो कि बिमला डागिले स्वर्ण पदक जितिन । त्यस्तै अरनिको डोजोकी निशा केसि ले रजत पदक हात पार्दा हापुरे डोजोकी झरना बिक र अरनिको डोजोकी सुहाना वलि ले कास्य पदक जिते ।
प्रतियोगिता भोलि सोमबार सम्म चल्नेछ ।
प्रतियोगितामा तुलसिपुर पश्चिम क्षेत्रका स्थापित डोजोका झण्डै तीन सय खेलाडिको सहभागीता रहनेछ ।