२०७८ असोज २६ गते मङ्गलवार
२०७८ असोज २६ गते मङ्गलवार

हास्यकलाकार मनोज गजुरेले गरे विवाह

हास्यकलाकार मनोज गजुरेल विवाह गरेका छन्। उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेको हुन्।
उनले सामाजिक सञ्जालमा विवाह गरेको जानकारी गराएका छन् । मनोजले सामाजिक सञ्जालमा लेखेका छन् ‘सबैलाई बडादशैंको मेरो शुभकामना, मैले पनि नयाँ जीवनको शुभकामना पाउँछु भन्ने आशा छ।’

उनीहरुले आजै भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन्। मञ्जु पनि एकल महिला रहेको मनोजले बताएका छन् । ‘एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं’ मनोजले भनेका छनु । चार वर्षअघि मीना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए।