२०८१ असार ७ गते बिहिवार
२०८१ असार ७ गते बिहिवार

जनमुखी सहकारीकाे साधारण सभा सम्पन्न

पश्चिचमदाङकाे बबई ४ स्थित जनमुखी बचत तथा ऋण सहकारी सस्था लिमिटेडकाे १४ औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विकासराज बालन क्षेत्रीकाे अध्यक्षता एवम गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल तथा उपाध्यक्ष सावित्री बिश्वकर्माकाे विशिष्ठ आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
साे अवसरमा वडा नं ५ का वडा अध्यक्ष डम्बर शिरीष, बाघमारे सहकारी सस्थाका अध्यक्ष चुडामणि कडेल, हापुरे उद्याेग बाणिज्य संघ का अध्यक्ष टीकाराम खत्री, बबई गाउपालिका शिक्षा शाखाका जित बहादुर केसी , संस्थाका उपाध्यक्ष खिमकान्त धितालले बाेलेका थिए ।
कार्यक्रममा सहकारीले बबई र शान्तिनगरका महिला तथा युवाकाे उद्यमशिलताकाे लागि सहयाेग गर्दै आएकाे सहकारीका प्रबन्धक सञ्चालक टेकवहादुर वली जानकारी गराएका थिए । कार्यक्रमकाे सहजिकरण सचिव टिकाराम खत्रीले गरेका थिए ।