२०७८ असोज २६ गते मङ्गलवार
२०७८ असोज २६ गते मङ्गलवार

बर्दियामा पाटेबाघको आक्रमणबाट एक पुरुषको ज्यान गयो

फाइल तस्वीर ।

बर्दियामा पाटेबाघको आक्रमणबाट थप एक जनाको ज्यान भएको छ । हिजो दिउँसो गेरुवा गाउँपालिका ४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा पाटे बाघले आक्रमण गरी थारुलाई बेपत्ता भएका थिए ।

पाटे बाघको आक्रमणबाट बेपत्ता भएका ४० वर्षका जनकबहादुर थारुको शव गएराति साढे ११ बजे बर्दिया राष्ट्रिय निकुञ्ज नजिक गेरुवा गाउँपालिकाको गोर क्षेत्रमा फेला परेको हो । थारुलाई बाघले लगेलगत्तै बर्दिया निकुञ्जका चार वटा हात्तीसहितको टोलीले खोजी गरेको थियो ।