२०७८ असोज २६ गते मङ्गलवार
२०७८ असोज २६ गते मङ्गलवार

दाङको खैरावाङ भगवतीे मन्दिरमा भक्तजनको भिड

दाङको खैराबाङ भगवती मन्दिरमा पूजापाठ गर्ने भक्तजनको भिड लागेको छ । बबई गाउँपालिका वडा नं. ७ मठेउरीमा खैराबाङ भगवती मन्दिरको निर्माण भएपछि नवदुर्गाको पुजा गर्न दाङका भक्त जनहरुको भिड लागेको हो । दशैंको सूरुवात देखि पूजापाठ हुदैं आएको मन्दिरमा पञ्चमीको दिन देखि भक्त जनहरुको भिड लागेको मन्दिर व्यवस्थापन समितिका व्यवस्थापक गोपाल बस्नेतले जानकारी दिएका छन् । मन्दिरमा पूजापाठका लागि आज विहानै देखि भक्तजनको भिडभाड रहेको व्यवस्थापक बस्नेतले बताए ।

आज सप्तमी को साझ फुलपाती भित्र्याउने तथा भोली कालरात्रीको पूजा हुने मन्दिर का पुरोहित शिव प्रसाद उपाध्यायले जानकारी दिए ।
। आज र भोली नवदुर्गाको बिशेष पुजा आराधना तथा बलि चढाउने भएकाले भक्तजनहरुलाई उपस्थिति भइदिन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टोप बहादुर चौधरीले सबैमा अनुरोध गरेका छन् । सो स्थानमा खैराबाङ भगवती मन्दिर स्थापना भएपछि दाङका भक्तजनलाई पूजापाठका लागि सहज भएको छ ।