२०७८ असोज २६ गते मङ्गलवार
२०७८ असोज २६ गते मङ्गलवार

सम्शेरगञ्जमा बसको ठक्करबाट दुई महिलाको मृत्यु भएपछि राजमार्ग अवरुद्घ

बसको ठक्करबाट दुइ महिलाको मृत्यु भएपछि बाँकेको सम्शेरगञ्जमा स्थानीयले राजमार्ग अवरुद्घ पारेका छन् । दुर्घटनाबाट मृत्यु भएका ब्यक्तीका परिवारलाई उचित क्षतिपुर्ती र चालकलाई कारबाही माग गर्दै स्थानीय बासिन्दाले पुर्ब – पश्चिम राजमार्गको सम्शेरगन्जमा राजमार्ग अवरुद्घ पारेका हुन् ।
पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ७४४८ नम्बरको बसले सडक छेउमा हिडिरहेको अवस्थामा पछाडीबाट ठक्कर दिदा सोमबार दिउँसो पौने १ बजेतिर राप्ती सोनारी ८ बालापुर निवासी २४ वर्षकी चन्द्रा बुढाथोकी (खड्का) को घटनास्थलमै र राप्ती सोनारी ८ ओभरी निवासी ३६ वर्षकी गिता चौधरीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

दुबैको मृत्यु भएपछि स्थानीयले सोमबार बेलुका साढे ६ बजेदेखि राती अबेरसम्म राजमार्ग अबरुद्द गरेका थिए । बस समिति अहिलेसम्म सम्पर्कमा नआएपछि आक्रोशित स्थानीयले मंगलबार (आज) बिहान साढे ११ बजेतिरबाट पुनः जिरो चोकमा राजमार्ग अबरुद गरेको स्थानीय बासिन्दा भिम खड्काले जानकारी दिए । प्रहरीले बस र कंचनपुरका चालक निरज बहादुर लोहारलाई नियन्त्रणमा लिइसकेको जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता (डिएसपी) मधुसुदन न्यौपानेले स्थानीयले राजमार्ग अबरुद गरेपछि पुर्बपश्चिम राजमार्गमा चल्ने सवारी साधन ठप्प भएको बताए ।