२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

अभिभावकलाई लागु औषध सचेतना अभियान

नयाँ जीवन पुर्नस्थापना केन्द्र तुलसीपुरले हजार घरका अभिभावकलाई लागु औषध सचेतना तथा दशैं शुभकामना अभियान संचालन गरेको छ । विगत ५ बर्ष देखि लागूऔषध तथा दुव्र्यशनमा लागेकाहरुलाई परामर्श तथा उपचार गर्दै आएको नयाँ जीवन केन्द्रले साना बालबालिका तथा युवाहरु लागु औषध दुव्र्यशनमा नलागुन भन्ने उद्येश्यले घर घरमा गएर अभिभायवकलाई सचेतामूलक कार्यक्रम सञ्चालन गरेको संस्थाका कार्यकारी निर्देशक खिमराज घिमिरेले जानकारी दिनुभयो ।

पछिल्लो समयमा बालबालिका तथा युवाहरु लागु औषध दुव्र्यशनमा दिन दिनै फस्न थालेकाले दशैको अवसरमा पारी शुभकामना सहित अभिभाक सचेता अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । संस्थाका सन्तोष गिरी, मोहन थापाको एक टोलीले घर घरमा गएर सचेतना अभियान सञ्चालन गरेको छ ।

सो अवसरमा लागु औषध भनेको के हो ? यसका असर तथा न्यूनिकरण उपाय बारेमा जानकारी गराइएको छ ।