२०७८ असोज २६ गते मङ्गलवार
२०७८ असोज २६ गते मङ्गलवार

दाङमा बसको ठक्करबाट ४ बर्षीय बालकको घटना स्थलमै ज्यान गयो

दाङमा बसको ठक्करबाट ४ बर्षीय बालकको घटना स्थलमै ज्यान गएको छ । चितवनबाट बर्दिया तर्फ जादै गरेको ना ७ ख ३१७९ नम्बरको बसले पुर्ब पश्चिम राज मार्ग अन्र्तगत पर्ने लमही ३ को अर्नहवा नजिक ठक्कर दिदा राप्ती ६ सगरापुरका सन्दीप चोधरीका ४ बर्षे छोरा दुर्गा प्रसाद चौधरीको घटना स्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी सहायक निरिक्षक पुरन मल्लले जानकारी दिए । ठक्कर दिने बसलाई वडा प्रहरी कार्यालय लमहीले नियनत्रणमा लिएको छ । मृतकका आफन्तहरुले अहिले पुर्ब पश्चिम राजमार्ग अबरुद्ध गरेका छन् ।