सांकेतिक तस्वीर ।
दशैंमा मासुको विषयमा सामान्य विवाद हुँदा सल्यानमा बुवाले आफ्नै छोराको हत्या गरेका छन ।
बनगाड कुपिण्डे नगरपालिका – १० माझकाँडामा छोरा ३३ वर्षीय रुपलाल कवर मगरको बुवा अन्दाजी ५५ वर्षीय निम बहादुर कवर मगरले हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दशैको मासुको बिषयलाई लिएर सामान्य घरायसी विवाद हुँदा झन्डै राति १० बजे तिर घारिलो हतियार हसिँया प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । हत्या गर्ने बाबुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनको भनाई छ ।