२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

प्रचण्डको धुलमुले व्यवहारले नेकपा कोल्याप्स भयाे : पुर्व मुख्यमन्त्री पाेखरेल

लुम्विनी प्रदेशका पुर्व मुख्यमन्त्री तथा एमालेका नेता शंकर पाेखरेलले प्रचण्डको धुलमुले व्यवहारले नेकपा कोल्याप्स भएको बताएका छन् । बबईकाे हापुरेमा नेकपा एमालेले विजया दशमी, शुभ दिपावली तथा छठ पर्वकाे अवसरमा आयाेजना गरेकाे शुभकामना आदन प्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै नेता पाेखरेलले प्रचण्डकाे कारण नेकपा काेल्याप्स भएकाे बताए । प्रचण्डको आफु मात्रै नेता बनिरहने स्वार्थीपनाले नेपालको कम्यूनिष्ट आन्दोलन कमजोर बन्दै गएको नेता पाेेखरेलकाे तर्क छ ।
नेता पाख्रेलले एमाले पाटी फेरी पहिलो शक्तिका रुपमा स्थापित हुने समेत बताएका छन् । जनताका आधारभुत आवश्यकता पुरा गर्ने भनेकै एमाले भएकाले अब नयाँ जनादेशबाट फेरी पहिलो शक्ति बन्ने उनकाे दावि छ । विभिन्न तत्वहरुले झालझेल गरी सरकार ढालेको आरोप लगाउदै जनताका अधुरा कामका लागी पनि फेरी जनताले एमालेलाई रोज्ने नेता पाेखरेलले बताए ।

नेता पाेखरेलले पश्चिम दाङको बबई गाउँपालिका पश्चिम नेपाल जोड्ने मुख्य नाका भएको बताए । यहि गाउँपालिका भएर पश्चिम नेपालका विभिन्न जिल्लामा सहजै रूपमा आवातजावत गर्न सकिने उनले बताए। नेता पाेखरेलले एमालेकाे सरकार आउनु भन्दा पहिले पश्चिम दाङको बबई गाउँपालिकालाई दाङकै बिकट ठाउँका रुपमा लिईने गरेको भन्दै अहिले यहाँको बिकासमा महत्वपुर्ण परिवर्तन भएको बताए ।
आफु मुख्यमन्त्री भएकाे समयमा बबई गाउँपालिकाकाे विकासमा विशेष ध्यान दिएर अस्पताल स्थापना देखि विभिन्न क्षेत्रमा विकास गरेकाे उनले बताए । ‘गाउँपालिकामै सुविधा सम्मपन्न अस्पताल स्थापना भएकाे छ’, नेता पाख्रेलले भने, ‘अब सानो सानो समस्याका लागी पनि तुलसीपुर र नेपालगञ्ज जानु पर्ने बाध्यता टरेको छ’ ।
बबई गाउँपालिकामा बिकास भएको नदेख्ने काँग्रेसले आफ्नो पार्टिले जितेको ठाउँमा गएर हेरे सबै प्रस्ट हुने नेता पाख्रेलले बताए ।

नेकपा एमाले बबईका अध्यक्ष जितबहादुर वलीको अध्यक्षतामा भएकाे शुभकामना कार्यक्रममा नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी, नेकपा एमाले नेता भुवनेश्वर पौडेल, साबित्रा बिस्वकर्मा लगाएतकाले बोलेका थिए। नेकपा एकालेका नेता टेकबहादुर वलीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेकपा एमाले बबईका सचिव धनबहादुर डाँगीले गरेका थिए ।
साे अवसरमा पुर्व मुख्यमन्त्री पाेखरेल विभिन्न पार्टी परित्याग गरि आएका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराएका थिए ।