२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

नेपाली राष्ट्रिय फुटबल टोलीलाई अनुभवको कमी : प्रशिक्षक अब्दुल्लाह

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय टोलीलाई अनुभवको कमी देखिएको बताएका छन् ।गएराति भएको साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग ३–० ले पराजित भए पछि उनले यस्तो बताएका हुन् । उनले नेपाली खेलाडीलाई माया र समर्थन गर्न पनि आग्रह गर्नु भएको छ । नेपालीले दिएको माया आफूले कहिल्यै नभुल्ने भन्दै उनले सुरुको दिनदेखि नै नेपालीले आफूलाई समर्थन र सहयोग गरेको बताए ।

यस्तै, प्रशिक्षक अल्मुताइरीले पछिल्लो ६ महिना आफ्नो लागि कठिन भएको पनि बताएका छन् । उनले अब एक वा दुई हप्ताको आराम गर्ने त्यस पछि मात्रै नेपाल फर्कने नफर्कने विषयमा निर्णय गर्ने बताएका छन् ।