२०७८ मङ्सिर ८ गते बुधवार
२०७८ मङ्सिर ८ गते बुधवार

श्रीमानकाे हत्याकाे आराेपमा श्रीमती सहित चार जना पक्राउ

कैलालीमा श्रीमानकाे हत्याकाे आराेपमा श्रीमती सहित चार जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्याकाे घटना अनुसन्धानका लागि रमेशकी श्रीमती सहित चार जनालाई पक्राउ गरेको हाे ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले शनिबार बिहान घरदेखि करिब ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा मृत अवस्थामा फेला परेका चौधरीको हत्या गरिएको खुलेको जानकारी दिए ।
शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका उनी बिहान मृत अवस्थामा फेला परेका थिए । प्रारम्भिक रुपमा उनको घाँटी थिचेर हत्या गरेको पाइएपछि प्रहरीले संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाहरुको नाम भने खुलाएको छैन ।