२०८१ असार ७ गते बिहिवार
२०८१ असार ७ गते बिहिवार

प्यूठान– भालुबाङ सडक खण्ड अबरुद्ध


बर्षाकारण पहिरो जाँदा प्यूठान– भालुबाङ सडक खण्ड अबरुद्ध भएको छ । लगातारको बर्षाको कारण पहिरो जाँदा गयराति देखि सडक अबरुद्व भएको हो । प्यूठान भालुबाङ सडक खण्ड अन्तर्गतको गर्जेनी, अधेंरी, खहरेखोला,प्यारपाटा लगायतको बिभिन्न ठाउँमा ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

सरुमारानी गाउपालिकाको बड्डाडा देखि प्यूठान तर्फका करिब आधा दर्जन बढी ठाउँमा पहिरो गएको छ । सडक अबरुद्ध हुदा जिल्ला भित्रने र बाहिरिने गाडीहरु बिचबाटोमै रोकिएका छन। यहाँ पानी पर्ने बित्तिकै पहिरो झर्ने र सवारी आवागमन अवरुद्ध हुने गरेको छ ।

पछिल्लो समय मुख्य सडकसंग जोडेर खनिएका शाखा सडकबाट पानी पर्नासाथ ढुङगा माटोसहितको लेदो मुख्य सडकमा आउने गरेको छ।
अहिले सडक डिभिजन कार्यालयको जेसिबी मार्फत पहिरो पन्छाउने कार्य भइरहेको प्यूठान प्रहरी प्रमुख सुनिल मल्लले जानकारी दिनुभयो।