२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

कात्तिके बर्षाले दाङमा पाकेको धानबालीमा ठूलो क्षति, किसान चिन्तित

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण दाङमा पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ। नेपालीको महाडपर्व दशैंलाई पनि राम्रोसंग नमनाएर धान काटेर सुकाएरका धान पानीले ठूलो क्षति पु¥याएको छ । दशैंको दिनपनि टीका लगाएर किसान धान काट्न सुरु गरेका थिए। लगातारको पानीको झरीले काटेर सुकाएका धान क्षति पु¥याएको छ भने काट्न बाँकी धान पनि समस्या पारेको छ ।

लगातारको कात्तिके झरीले जिल्लाको घोराही, तुलसीपुर, देउखुरी तथा पश्चिम दाङका किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ। पश्चिम दाङको दंगिशरण, शान्तिनगर तथा बबईका गनारी खेतमा लगाएका धान खेत गरामै डुबेका किसानहरु बताउछन् । धान घरमा भित्र्याउने समसयमा बैमौषमी बर्षाले क्षती पु¥याउदा किसान चिन्तित भएका छन् । दाङमा विगौंविगाहमा लगाएका धानमा क्षती पुगेको छ । विभिन्न स्थानमा धानमा क्षति पुगकोे तस्वीर किसानले सामाजिक सजालमा राखेका छन् ।

जिल्लामा अधिकांश क्षेत्रमा किसानको पाकेको धानमा लगातारको वर्षाले क्षति पुर्‍याएको र अहिले पनि वर्षा जारी रहेकाले क्षतिको यकिन विवरण आउन नसकेको कृषि ज्ञानकेन्द्र दाङले जनाएको छ। केन्द्रका अनुसार यस वर्ष जिल्लाको कूल ३९ हजार ६०० हेक्टर क्षेत्रफल जग्गामा धानखेती गरिएको छ।