२०७८ कार्तिक ३० गते मङ्गलवार
२०७८ कार्तिक ३० गते मङ्गलवार

चरकमटियामा सक्रिय खुल्ला फुटबल तथा भलिवल प्रतियोगिता हुने

पश्चिम दाङको चरकमटियामा पाचौं सक्रिय खुल्ला फुटबल तथा भलिबल प्रतियोगिता २०७८ हुने भएको छ । बबई ७ स्थित सक्रिय युवा क्लबको आयोजना तथा बबई गाउँपालिका वडा नं ७ सहयोगमा शुभदिपावलीको अबसरमा प्रतियोगिता हुन लागेको हो ।

यहि कार्तिक ९ गते देखि १२ गते सम्म भलिबल प्रतियोगिता हुने र १२ गते देखि १८ गते सम्म फुटबल प्रतियोगिता हुने सक्रिय युवा क्लवका अध्यक्ष पुर्ण पंकज पुनले जानकारी दिनुभयो । पश्चिम दाङमा फुटबल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फुटबल खेलको बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष पुनले बताए । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण लामो समय ठप्प बनेको पश्चिम दाङ क्षेत्रको खेल गतिबिधी लाई चलाएमान बनाउन संचालन प्रतियोगिता संचालन गर्न लागिएको आयोजकले जनाएको छ ।

भलिबल प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद ४५ हजार कप, मेडल, प्रमाणपत्र र उपविजेताले २२ हजार कप, मेडल, प्रमाणपत्र हात पार्ने छन् । यसैगरी भलिबल प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद ७० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात छन् भने उपविजेताले नगद ३५ हजार, कप ,मेडल, प्रमाणपत्र हात पार्ने छन् । प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका वेस्ट प्लेयर खेलाडी, बेस्ट किप्पर, बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, हाई स्कोरर लाई पुरस्कृत गरिने क्लबका आदेश के.सीले बताएका छन् । प्रतियोगिताका खेलहरु नकाउट प्रणालिका आधारमा खेलाईनेछ।

यसैविच आयोजकले आफ्नो तयारीलाई तिव्र पारेको जनाएको छ । उसले प्रतियोगिता भब्य एवं सभ्य तवर सम्पन्न गर्नका लागी प्रचार प्रसार, आर्थिक ब्यबस्थापन, खेल मैदान मर्मत लगाएतका तयारी लाई तिब्र पारेको समेत जानकारी दिएको छ ।