२०७८ मङ्सिर ४ गते शनिवार
२०७८ मङ्सिर ४ गते शनिवार

प्रभावित क्षेत्रमा उद्धार तथा राहतको व्यवस्था गर्न प्रधानमन्त्री देउवाको निर्देशन


प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल बर्षाकारण प्रभावित क्षेत्रमा उद्धार तथा राहतको व्यवस्था गर्न निर्देशन दिउका छन् । सुदूरपश्चिमलगायत मुलुकका विभिन्न भूभागमा अविरल वर्षापछिको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री खाणलाई बोलाएर सो निर्देशन दिएको प्रधानमन्त्री देउवाले बताएका छन्।

‘सुदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन गरेको छु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।