२०८१ असार ७ गते बिहिवार
२०८१ असार ७ गते बिहिवार

कोहलपुर नजिकैको जंगलमा शव फेला

फाइल तस्वीर ।

बाँकेको कोहलपुर नजिकैको जंगलमा एक जनाको शव फेला परेको छ । कोहलपुर–१३ को सिमरी गाउँ नजिकै रहेको जङ्गलमा एक जना अन्दाजी ४५ बर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएकोछ ।

उनको शव झुन्डिएको अवस्थामा फेला परेको हो । मृत अवस्थामा फेला परेका पुरुषको पहिचान खुल्न सकेको छैन । शवलाई प्रहरीले पोस्टमार्टमका लागि भेरी अस्पताल ने्पालगन्ज पठाएको छ । स्थानीयले जंगलमा पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।