२०७८ मङ्सिर ४ गते शनिवार
२०७८ मङ्सिर ४ गते शनिवार

दाङमा विधुतसट हुँदा एक वडा कार्यालयमा आगलागि

दाङमा विधुतसट हुँदा एक वडा कार्यालयमा आगलागि भएको छ । दाङको दंगिशरण गाउँपालिका वडा नं. ५ को वडा कार्यालयमा बर्षाका कारण विधुतसट हुँदा आगलागि भएको हो । गएराति करिब साढे दश वजे तिर वडा कार्यालयको वडा सचिवको कार्यकक्षमा आगलागि भएकोे अस्थायी प्रहरी पोष्ट बालापुरका असई दिनेश बजगाईले जानकारी दिएका छन् ।

वडा कार्यालयमा आगलागि भएको थाहा पाएपछि वडा कार्यालय रहेको घरका घरवेटी कुल वहादुर चौधरीले प्रहरीलाई खवर गरेका थिए । अस्थायी प्रहरी पोष्ट बालापुरका असई बजगाईको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागिबाट एक वटा इन्र्भटर, दुई वटा ब्याट्री, दुई वटा डेक्स कम्प्युटर, दुई वटा प्रिन्टर, दुई वटा इन्टरनेट राउटर लगायत गरी करिब ५ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।