२०७८ कार्तिक ३० गते मङ्गलवार
२०७८ कार्तिक ३० गते मङ्गलवार

दाङको देउखुरीमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना

लुम्बिनीको स्थायी राजधानी दाङको देउखुरीमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले देउखुरीमा सम्पर्क कार्यालयको आज उद्घाटन गरेका हुन् । अब हरेक शुक्रबार सम्पर्क कार्यालयबाट कामकाज हुने छ ।

राजनीति सल्लाहकार र जनसम्पर्क सल्लाहकार नियमित सम्पर्क कार्यालयमै रहने र केही क्याविनेट बैठक पनि देउखुरीमा बस्ने मुख्यमन्त्री केसीले जानकारी दिए । राजधानी तोकिएपनि सबै काम बुटवलबाटै सञ्चालन हुँदै आएको छ ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको गत असोज १ गतेको मन्त्रिपरिषद् बैठकले देउखुरीमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।