२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

आजपनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना


मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ। यस्तै‚ उच्च पहाडी र हिमाली भेगमा हिमपात हुने महाशाखाले जनाएको छ।
भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा केही दिनदेखि मौसम बदली भई वर्षा भइरहेको छ।
महाशाखका अनुसार बुधबार बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू-भागहरूमामा सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बुधबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। प्रदेश १ का थोरै र प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति प्रदेश १ र प्रदेश २ का केही स्थान साथै बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक दुई स्थानमा भने भीषण वर्षाको समेत सम्भावना रहेको छ। देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ।

बिहीवार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै बाँकी प्रदेशका थोरै स्थान हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रवार पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।