२०७८ मङ्सिर २ गते बिहिवार
२०७८ मङ्सिर २ गते बिहिवार

बसुलो प्रहार गरी श्रीमानले श्रीमतीको गरे हत्या

सल्यानमा बसुलो प्रहार गरी श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन । कुमाख गाउँपालिका ५ तिमिलेका ४७ बर्षका कबिराम खड्काले ४२ बर्षकी श्रीमती कली खडकाको धारिलो हतियार बसुलो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

अत्याधिक मदिरा सेवन गरेका खड्काले मंगलबार राति घरायसी विवाद हुँदा बसुलालेले टाउको र घाँटीमा प्रहार गरि हत्या गरेको जिल्ल प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए। हत्या गर्ने खडकालाई प्रहरीले नियन्त्रणमा लिइ सकेको र थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।