२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

बबई गाउँपालिकाले क्षति भएका धानबालीको लगत संकलन गर्ने

पश्चिमदाङको बबई गाउँपालिकाले अविरल बर्षाका कारण क्षति पुगेका किसानका धानबालीको लगत संकलन गर्ने भएको छ । बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले अविरल बर्षाका कारण क्षति पुगेका पिडित किसानका धानबालीको अनुगमण गर्दै क्षति भएका धानबालीको लगत संकलन गरिने बताउनुभयो ।

बेमौषमी बर्षाले किसानलाई ठूलो क्षति पु¥याएको प्रति दुख ब्यक्त गर्दै अध्यक्ष पौडेलले वडा कार्यालय मार्फत क्षति भएका किसानको वडा कार्यालय मार्फत लगत संकलन गरिने बताउनुभयो । वडा कायालय मार्फत क्षति भएका पिडित किसानको धानबालीको लगत संकलन गरेर आवश्यक राहत वितरण गरिने छ । के कति राहत वितरण गर्ने भन्ने बारे कार्य पालिकाको बैठकबाट निर्णय गरिने अध्यक्ष पौडेलले बताउनुभयो । क्षति भएका किसानको खेतमा धानबालीको अनुगमण गर्न बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल, प्रवक्ता टंक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत भिष्म मल्ल, कृषि शाखा प्राविधिक दिपेन्द्र प्रसाद डाँगी लगायतको एक टोली किसानको खेतमै पुगेको थियो ।आइतबारदेखि अविरल बर्षा कारण बबई पनि काटेका धानबाली नष्ट भएका छन् । काटेका धान खेतको गरामै डुबेका छन भने पाकेका धान काट्न समस्या परेको छ ।