२०७८ मङ्सिर १ गते बुधवार
२०७८ मङ्सिर १ गते बुधवार

धान स्याहार्न बबईका युवाकाे किसानलाई सहयोग

अविरल बर्षाकारण पिडित भएका दाङको बबईका किसानलाई युवाहरुले धान स्याहार्न सहयोग गरेका छन् । गत आइतबार देखि परेको अविरल बेमौषमी बर्षाकारण काटेर खेतमै सुकाएका धान डुबाएको छ । खेतको गरामै धान डुबेर कुहिन थालेपछि बबईका केहि युवाहरुले किसानको खेतमै गएर धान स्याहार्न सहयोग गरेका हुन् ।

न्यानोपनमा हाम्रो सहयाेग अभियान संचालन गर्दै आएका युवाहरूको एक टोलीले बबई गाउँपालिकाका विभिन्न वडाका किसानका खेत गएर सहयोग गरेको हो । छिमेकीलाई समस्या परेको बेला सहयोग गर्ने उद्येश्यले आज बबईका केहि वडाका गाउँका खेतमै गएर धान स्याहार्न सहयोग गरेको रामवहादुर वलीले बताउनुभयो ।
साे अवसरमा राम बहादुर वली, भुप श्रीष, शेर बहादुर डाँगी, बिरेन्द्र कुमार सुवेदी, राजन वली, रोसन वली, अजय वली, देब वलीकाे सहभागितामा सहयाेग गरिएकाे हाे ।